काठमाडौं ।
यसवर्ष होली छैन होली जस्तो । किनकी कोरोनाका कारण शहरहरु पनि सुनसान भएका छन् । विगत जस्तो तडक भडक पनि देखिएको छैन । यसै सन्दर्भमा गायक सुमित खड्काले सबैलाई होलीको शुभकामना दिंदै होली खेल्न तर संयमता पनि अपनाउन सल्लाह दिएका छन् ।
हरेकवर्ष होली पर्व सम्बन्धी गीत सार्वजनिक गर्ने गरेका गायक खड्काले मैथली भाषामा पनि होली गीत गाएका छन् । होलीलाई नै लक्षित गर्दै ५ वटा गीती एल्बम सार्वजनिक गरिसकेका गायक खड्काको यसवर्ष पनि होली गीत सार्वजनिक भएको छ ।
पछिल्ला दिनहरुमा पर्व लक्षित गीतसंगित सार्वजनिक हुने क्रम बढेकै बेला गायक सुमित खड्काले पनि होलीलाई लक्षित गर्दै गीत सार्वजनिक गरेका हुन् । भर्खरै सार्वजनिक भएको उनको आयो रे होली बोलको गीतमा नेपाली मौलिकपनलाई देखाइएको छ ।
यस गीतमा सुनिता घिमिरेको शब्द रहेको छ भने सुरज श्रेष्ठको एरेन्ज रहेको छ । यसको म्युजिक भिडियोमा हुस्सेन सेख, काव्य ठटाल , जस्मिन तामाङ र निश्मा खड्काको अभिनय रहेको छ । यस गीतलाई सूर्य श्रेष्ठले निर्माण गरेका हुन् भने निर्देशन प्रतीक श्रेष्ठले गरेका हुन् ।
गायक खड्काले होलीसँग नै केन्द्रीत रहेर गीत गाउँदाका आफ्ना रमाइला अनुभवहरु शेयर गरेका छन् । विराटनगरका गायक सुमित नेपाली मौलिक संस्कृति झल्किने खालका गीतहरु सबै कलाकारहरुले गाउन सक्नु पर्ने बताउँछन् । केन्द्रबिन्दु मिडियासँग उनले आफ्ना अनुभवहरु शेयर गरेका छन् । के भने त उनले त्यस्तो हेरौं यो भिडियोमा :





























प्रतिक्रिया