काठमाडौं ।
गायक अविनास घिसिङको ‘माथिल्लो लेकमा (सेलो टन)’ बोलको गीत सार्वजनिक भएको छ ।
युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा सुवानी मोक्तान, अराज केशव र डिजे तेन्जिङ फिर्चड छन् । गीतको भिडियोलाई बिभोर पोखरेलले निर्देशन गरेका हुन ।
गायक अविनासकै शब्द तथा संगीत रहेको गीतमा दुई युक्रेनी एक रसिया र एक इजरायल कलाकारहरु कोरशमा देखिएका छन् ।
नेपाली सेलो टनमा आधारित रहेको गीतको भिडियोलाई अनिल के मानन्धर र मिलन शंकरले छायाँकन गरेका छन् । क्याटमाडौ इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतमा मोहित मुनालको ध्वनी संयोजन तथा सुप्रिम पराजुलीले सम्पादन रहेको छ । यसअघि गायक घिसिङको ‘लाइसेन्स ठेक्का’ दर्शकले एकदमै रुचाएका थिए । हेरौं भिडियोमा :





























प्रतिक्रिया