दुर्गेश थापा अभिनित सञ्जु र रविनको ‘चाँदी कहाँ होला’ (भिडियोसहित)

दुर्गेश थापा अभिनित सञ्जु र रविनको ‘चाँदी कहाँ होला’ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

छोटो समयमै नेपाली लोकदोहोरी क्षेत्रमा स्थापित गायिका सन्जु न्यौपानेको नयाँ गीत ‘चाँदी कहाँ होला’ सार्वजनिक भएको छ ।

गीतमा गायिका सन्जु र गायक रविन लामिछानेको स्वर रहेको छ । यसमा नवराज पन्तको शब्द, प्रकाश पराजुलीको संगीत र कृष्ण विक भान्जाको संगीत संयोजन रहेको छ । ‘चाँदी कहाँ होला’ को भिडियोमा दुर्गेश थापा, ओबी रायमाझी, जुना गुरुङ, निशा न्यौपानेको अभिनय रहेको छ ।

करन चैंसिरले छायाँकन गरेको म्यूजिक भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । यसलाई सञ्जु न्यौपानेको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । हेरौं भिडियोमा :

 

Logo