जान्हवीको जन्मदिनमा आमा सम्झदाकाे रहस्य, कलाकारितामा आमा बाधक !

जान्हवीको जन्मदिनमा आमा सम्झदाकाे रहस्य, कलाकारितामा आमा बाधक !

केन्द्रबिन्दु
0
Shares

आज अर्थात् मार्च ६ जान्हवी कपूरको जन्मदिन । उनी आज आफ्नो २३ औं जन्मदिन मनाइरहेकी छिन् । जान्हवीले आफ्नो कलाकारिता यात्रा चलचित्र ‘धडक’ बाट सुरु गरेकी थिइन् । त्यसपछि उनलाई चलचित्रको ताँती नै लाग्यो । उनले दोेस्ताना २, गुञ्जन सक्सेना, रुही अफजना साथै घोस्ट कथानक चलचित्रमा काम गरिसकेकी छन् ।

तर जान्हवीकी आमा बलिउडकी पहिलो सुपरस्टार महिला अभिनेत्री श्रीदेवी भने आफ्नो छोरी जान्हवीलाई बलिउडमा देख्न चाहन्नथिन् । अहिले जान्हवीका लाखौं संख्यामा फ्यानहरु छन् तर उनी हरेकदिन आफ्नी आमा श्रीदेवीलाई खोजिरहन्छिन् । जान्हवीले आफ्नो जन्मदिनमा सबैभन्दा धेरै आमालाई सम्झिरहेकी छिन् ।

जान्हवी जुन बेला आफ्नो पहिलो चलचित्र ‘धडक’ को सुटिङमा थिइन् । त्यही समय उनकी आमा श्रीदेवीको दुबईमा निधन भएको थियो । ‘धडक’ चलचित्रको २५ मिनेटको फुटेज श्रीदेवीले देखेकी थिइन् । फुटेज हेरेर श्रीदेवीले आफ्नी छोरी जान्हवीलाई केही टिप्स पनि दिएकी थिइन् ।

जान्हवीले हालै एक अन्र्तवार्तामा आफ्नी आमा श्रीदेवीले आफूलाई बलिउडमा कदम राखेको हेर्न नचाएको खुलासा गरेकी छिन् । जान्हवीले भनिन् ‘मेरी आमाले सधंै भन्ने गर्थिन् की म धेरै भावुक स्वभावकी छु त्यसैले बलिउड इण्डस्ट्री मेरो लागि ठीक नभएको बताउँथिन्’ । जब मेरी आमाले मलाई लण्डनको एक एक्टिङ् स्कुलमा पठाएकी थिइन् । त्यतिबेला उनकी आमाले ‘कलंकको भिडमा आफ्नी छोरी पठाइरहेको’ बताएकी थिइन् ।

जान्हवी जतिबेला आफ्नी आमा श्रीदेवीसँग समय बिताउन चाहन्थिन् , त्यहीबेला उनकी आमा दुबईका लागि निस्केकी थिइन् । उनी आफ्नी आमालाई सधंै सम्झिरहेको बताउँछिन् ।

Logo