सुनिलले ल्याए मनछुने गीत ‘आमा’ (भिडियोसहित)

सुनिलले ल्याए मनछुने गीत ‘आमा’ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गायक सुनिल छिदाल र गायिका पूजा घत्री मगरको स्वरमा रहेको ‘आमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लक्ष्मी रोकाया र गायक छिदाल स्वयंको शब्द रहेको गीतमा गायक स्वयंले संगीत भरेका छन् । गीतमा राजु कार्कीको एरेञ्ज छ । गीत निकै मनछुने बनेको छ भने गीतको भाव अनुसार भिडियो तयार पारिएको छ ।

बाल्यकालमा घर छाडेर शहर पसेपछि सडकमा जीवन बिताउन बाध्य एक युवकको कथा भिडियोमा देखाइएको छ । भिडियोमा गायक स्वयंले अभिनय पनि गरेका छन् । उनको अभिनय मन छुने छ । उनको आमाको भूमिकामा गीतकार समेत रहेकी लक्ष्मी रोकायाले अभिनय गरेकी छिन् । यूट्युबमा सार्वजनिक भएको एक हप्तामा नै ‘आमा’ गीतलाई साढे २ लाखभन्दा बढी भ्यूज मिलिसकेको छ ।

अनिल रानाले सम्पादन गरेको गीतको भिडियोलाई वीरेन्द्र भट्टले खिचेका हुन् । गीतको भिडियोका निर्देशक रोजल थापा हुन् । तीन दर्जनभन्दा बढी चर्चित गीतको निर्देशन गरिसकेका रोजलले ‘आमा’ गीतको भावलाई मर्न नदिन हरसम्भव प्रयास गरेको बताए । हेरौं भिडियोमा :

 

Logo