मिस मंगोल सिभिरा ताप्लेजुङमा सम्मानित

मिस मंगोल सिभिरा ताप्लेजुङमा सम्मानित

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ ।

“मिस मंगोल २०१९” बिजेता ताप्लेजुङकी सिभिरा लामालाई जिल्लाका विभिन्न संघसंस्थाहरुले सम्मान गरेका छन् ।

मिस ट्यालेन्ट र मिस पब्लिक च्वाईस उपाधी समेत हात पारेकी उनलाई ताप्लेजुङको गरिमा बढाउन सहयोग पु¥याएको भन्दै पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव आयोजक समितिले सम्मान गरेको छ ।

फागुन ९ देखि १३ गते सम्म सदरमुकाम फुङलिङमा सञ्चालित महोत्सवको समापन कार्यक्रमकाबीच लामालाई सम्मान गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लामालाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

यस्तै वालुङ उत्थान समाज र तोक्पेगोला सेवा समाजले समेत स्वागत तथा सम्मान गरेका थिए ।मौलिक संस्कृति, लुकेको क्षमता अभिवृद्धि एवम नेतृत्वदायी भूमिकालाई आधार बनाई सन २००९ देखि वार्षिक रुपमा मिस मंगोल आयोजना हुँदै आएको छ ।

Logo