काठमाडौं ।
गायिका दुर्खा खरेल तथा सुगम पोखरेलको आवाजमा नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘डोली सजाई’ बोलको गीतको म्यूजिक भिडियोमा अभिनेता पल शाह र रेश्मा घिमिरेले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा उनीहरुको प्रेम देखाईएको छ ।
अम्बिका गुरुङले लेखेको सार्वजनिक गीतमा अर्जुन पोख्रेलको संगीत तथा संगीत संयोजन सुन्न सकिन्छ । नरेश बिसीले रेकर्ड गरेको गीतको अडियो मिक्सिङ साजन शाहले गरेका छन् ।
शिव बिकले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा निर्देशक बिककै कोरियोग्राफी रहेको छ । अर्जुन तिवारीले छायांकन गरेको म्यूजिक भिडियो अर्जुन जिसीले सम्पादन गरेका हुन् । गीतको म्यूजिक भिडियो :





























प्रतिक्रिया