विष्णु माझी र ढाकाराम पौडेलको ‘मलेवा चरी’ सार्वजनिक

विष्णु माझी र ढाकाराम पौडेलको ‘मलेवा चरी’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित लोक गायक ढाकाराम पौडेल र गायिका विष्णु माझीको नयाँ लोक दोहोरी गीत ‘मलेवा चरी’ सार्वजनिक भएको छ ।
बिहिबार सार्वजनिक भएको यस दोहोरी गीतको भिडियोमा नायक तथा मोडल पुष्प खड्का र नायिका शिल्पा पोखरेलले अभिनय गरेका छन् । यस दोहोरी गीतमा श्रीकृष्ण बम मल्लको शब्द तथा संगीत रहेको छ । त्यस्तै गीतलाई कृष्ण बिकले एरेन्ज गरेका छन् भने एचबियन किस्मतको मिक्सिङ रहेको छ ।
गीतको भिडियोमा शिव बिकको निर्देशन रहेको छ भने रामेश्वर कार्कीको सिनेम्याटोग्राफी रहेको छ । शिव फिल्म्सको ब्यानरमा बनेको यस गीतलाई गायक ढाकाराम पौडेलको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Logo