यसरी धान रोपिन् हट गायिका ज्योति मगरले (फोटोफिचर)

यसरी धान रोपिन् हट गायिका ज्योति मगरले (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

असार १५ अर्थात, राष्ट्रिय धान दिवस तथा धान रोपाईंको पर्व । यस दिन धान रोपाईं गरी दही र चिउरा खाने चलन छ । झरीबादलको समेत पर्वाह नगरी रुझ्दैभिझ्दै काम गरेका किसानले शरीरलाई शीतलता र शक्ति दिन खेतमै दहीचिउरा खाने गर्दछन् ।

असारे गीत गाउँदै धानखेतको दवदवे हिलोमा धान रोपेर आपसमा हिलो खेली रमाउनु रोपाईं पर्वको आकर्षण हो । यसो गर्नाले माटोप्रतिको माया जाग्छ, बाली सप्रिन्छ र खेती किसानी उत्तम कर्म हो भन्ने देखिन्छ । यसले आपसमा प्रेम र सामाजिक सद्भाव पनि बढाउँछ ।

नेपाली समाजमा असारलाई मानो रोपेर मुरी उब्जाउने महिना मानिन्छ । पछिल्ला दिनमा रोपाइँलाई महोत्सवको रुपमा मनाई पर्यटन प्रवद्र्धनको उत्पादन पनि बनाइएको छ ।

धान रोपाई नेपाली सेलिब्रेटीहरुले पनि विशेष महत्वका साथ मनाउँदै आएका छन् । गायिका तथा मोडल ज्योति मगर पनि धान दिवसलाई विशेष महत्वका साथ मनाउँदै आएकी छन् । ज्योतिले यो वर्ष पनि भक्तपुरमा धान रोपाई गरेकी छन् ।

उनका गीत, म्यूजिक भिडियोमा अंग प्रदर्शन, स्टेजमा प्रस्तुती दिँदा उनले गर्ने हर्कत होस् या अन्तरवार्ता दिने उनको शैलीले नै किन नहोस् उनी चर्चामा आइरहन्छिन् । उनी धान रोप्न पनि हट भएर पुगेकी थिईन् ।

Logo