मलाईका अरोरा र अर्जुन कपूर एकअर्काको प्रेममा परेको कुरा छताछुल्ल भइसकेको छ । तर उनीहरु भने स्विकार्न चाहँदैनन् थिए । हालै मलाईका अरोराले सामाजिक सञ्जाल इन्स्टाग्राममा अर्जुनसँगको फोटो सेयर गरेकी छिन् ।
उनले औपचारिक रुपमा उनीहरुबीच प्रेमसम्बन्ध रहेको कुरा स्वीकार गरेकी छिन् । अर्जुनको बर्थ डे को अवसर पारेर उनले आफुहरुबीच प्रेमसम्बन्ध रहेको खुलासा गरेकी हुन् ।
उनले अर्जुनलाई इन्स्टाग्राममा बर्थ डे विस गरेकी छिन् । ‘ह्याप्पी बर्थ डे माई क्रेजी, फन्नी एण्ड अमेजिङ, अर्जुन कपूर । लभ एण्ड ह्याप्पीनेस अलवेज’ भन्दै उनले प्रेमले भरिएको शब्द पोखेकी छिन् ।

एकअर्काको हात समाएर खिचेको तस्बिरले उनीहरु प्रेमसम्बन्धमा छन् भन्ने पुष्टि हुन्छ । मलाईकाले पहिलो पटक सोसल मिडियामा यस्तो तस्बिर सेयर गरेकी हुन् । भलै उनीहरुबीचको प्रेमसम्बन्ध सबैलाई थाहा थियो तर उनीहरु दुबैले यो कुरालाई खण्डन गर्दै आएका थिए ।
मिडियाले उनीहरुलाई पिछा गर्न छोडेका थिएनन् । कहिले उनीहरुलाई एकसाथ डिनर गरिरहेको बेला त कहिले पार्टीमा मस्ति गरिरहेका त कहिले छुट्टि मनाउन गएको तस्बिर लिक भइरहन्थ्यो । आखिर प्रेम कतिन्जेल सम्म लुकाएर राख्न सकिन्छ र ?
अर्जुनले पनि कार्यक्रम ‘कफी विथ करण’ मा कुरैकुरामा मलाइकासँग प्रेम सम्बन्ध रहेको कुरा खोलेका थिए । भर्खरै मात्र माल्दिभ्समा छुट्टि मनाएर आएका उनीहरु फेरि अहिले छुट्टि मनाउन न्युर्योक पुगेका छन् । उनीहरु एयरर्पोटमा छुट्टा छुट्टै गएका थिए । एयरपोर्टमा उनीहरुको तस्बिर क्लिक भएको थिए । जुन निकै भाइरल भएको थियो ।
मलाइका अरोरा डिभोर्सी हुन् । उनले अरबाज खानसँग १८ बर्षको सम्बन्ध तोडेकी हुन् । अर्जुनसँगको सम्बन्धको कारण नै उनीहरुको डिभोर्स भएको मानिन्छ । ठिक त्यतिबेला अर्जुन कपूर अरबाज खानको बहिनी अर्पितासँग प्रेमसम्बन्धमा थिए । दुबैले उनीहरुसँग सम्बन्ध तोडेर एकअर्कासँग लुकिछिपी डेट गरिरहेका थिए । अर्जुन मलाईका भन्दा उमेरले धेरै बर्ष कान्छा छन् ।





























प्रतिक्रिया