काठमाडौं । अभिनेत्री कृति भट्टराईले दोस्रो विवाह गरेकी छन् । ‘विश्वास’, ‘उपहार’, ‘उनको सम्झनामा’ लगायतका फिल्ममा अभिनय गरेकी अभिनेत्री कृतिले रोहित पौडेलसँग दोस्रो विवाह गरेकी हुन् । उनले ‘गहना’, ‘कसलाई आफ्नो भनुँ’ टेलिसिरियलमा समेत अभिनय गरिसकेकी छन् ।
उनीहरुले बुधबार दरबारमार्गस्थित लक्ष्मी नारायणको मन्दिरमा हिन्दू परम्पराअनुसार विवाह गरेका हुन् । लामो समयदेखि प्रेममा रहेका रोहित र कृतिको प्रेम विवाह गरेका हुन् । रोहित पेशाले इन्जिनियर हुन् ।
सञ्चारकर्मी तथा निर्देशक रवि श्रेष्ठसँग डिभोर्स भएपछि उनी लामो समय एक्लो जीवन विताउँदै आएकी थिइन् । उनी केही महिनायता नयाँ बानेश्वर थापागाउँमा अर्ग्यानिक एस्प्रोसो कफी सप सञ्चालन गर्दै आएकी छन् ।































प्रतिक्रिया