काठमाडौं,
गायिका श्रृष्टी हिङ्माङको जितेको छु… बोलको गीत सार्वजनिक भएको छ । कृष्ण उदाशीको शब्द रचना र चर्चित संगीतकार राजनराज शिवाकोटीको संगीतमा रहेको उक्त गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।
उक्त गीतमा कलाकारको भूमिकामा श्रृष्टी स्वयंलाई देख्न पाइन्छ भने गीतको भिडियोको कन्सेप्ट कवि मिलनको हो भने निर्देशन गौरव दर्पणले गरेका हुन् ।
गीतको संगीत संयोजन सन्दीप कार्कीले गरेका हुन्, रेकर्डिङ कमल थापाले गरेका छन् भने मिक्सिङ माष्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् । सो गीत प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।
माहोल तताउने र डान्सिङ गीतहरूले बजार तताईरहेको बेला गम्भीर भावको गीत बजारमा आएको हो । यो गीतले हारहरूबाट जीवन सिकेर हिम्मत गर्न सिकाएको छ । हेरौं भिडियोमा :





























प्रतिक्रिया