विप्लव समूहमा लागेको आरोपमा फिल्म निर्माता कार्की पक्राउ

विप्लव समूहमा लागेको आरोपमा फिल्म निर्माता कार्की पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेत्रविक्रम चन्द (विप्लव) समूहमा लागेको आरोपमा फिल्म निर्माता नरबहादुर कार्की पक्राउ परेका छन् ।

कार्कीलाई महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको संयुक्त टोलीले कमलपोखरी क्षेत्रबाट सोमबार साँझ नियन्त्रणमा लिइएको हो । परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले संदिग्ध गतिविधिमा लागेका कार्कीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

कार्की नायिका रेखा थापाको प्रमुख अभिनय रहेको फिल्म ‘मालिका’का निर्माता हुन् । कार्कीले पछिल्लो समय सामाजिक सञ्जालमा सरकार र प्रहरीविरुद्ध आक्रामक धारणा लेख्दै आएका थिए ।
नागरिकबाट

Logo