चर्चित सेलिब्रेटी एउटै मन्चमा [तस्विरमा]

चर्चित सेलिब्रेटी एउटै मन्चमा [तस्विरमा]

केन्द्रबिन्दु
308
Shares

काठमाडौँ । १३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शो सम्पन्न भएको छ । जोय कस्मेटिक नेपालको प्रस्तुतिमा शुक्रबार काठमाडौंमा फेसन शो रनवेमा आधा दर्जन बढि सेलिब्रेटीहरुका साथमा सम्पन्न भएको हो ।

फेसन शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पणजंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेटलगायतका चर्चित सेलिब्रेटी एउटै -याम्पमा प्रस्तुत गरेका थिए । १३औँ ‘आइसी डिजाइनर रनवे’ नामक फेसन शोमा उनीहरु शो टपरको रुपमा विभिन्न आकर्षक पहिरनसहित -याम्पमा प्रस्तुत भएका हुन् ।

जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको ‘आइसी डिजाइनर रनवे’मा भारत, रसिया, सर्बिया लगायतका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता रहनेछ । नेपालका भने २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरू प्रस्तुत गरेका थिए ।

अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेत शोमा सहभागिता रहेको थियो । शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले बहन गरेको थियो ।

अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा ‘आइससी डिजाइनर रनवे’लाई प्रस्तुत गरिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । शोमा आइसी कलेजका २०२१ ब्याजका ७३ जना विद्यार्थीले डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरन १५ सिक्वेलमा प्रस्तुत गरेकन थिए ।

‘आइइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पु-याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।

Skip This
Logo