लिटल मिस एन्जल २०२४ पाँचौं संस्करणको प्रतिभा प्रदर्शन राउण्ड सम्पन्न

लिटल मिस एन्जल २०२४ पाँचौं संस्करणको प्रतिभा प्रदर्शन राउण्ड सम्पन्न

केन्द्रबिन्दु
27
Shares

लिटल मिस एन्जलका ३९ सहभागी बालिकाहरुले आज सर्वनाम थिएटर कालिकास्थानको रंगमंचमा विभिन्न प्रतिभा प्रदर्शन गरेका छन् ।

लिटल मिस एन्जलका प्रतियोगीहरुले नृत्य, चित्रकला, तेक्वान्दो, बाँसुरी, भाषण, गायन लगायतका विधामा प्रतिभा देखाएको कलश इभेन्टसकी प्रबन्ध निर्देशक बर्षा महर्जनले बताइन् । यस कार्यक्रममा निर्णायकको भूमिकामा प्रसिद्ध नृत्य निर्देशक जे डि तमु, प्रोफेसनल उदघोसक सेसेमी लिम्बु र बरिष्ठ चित्रकार तथा सन्तु आर्ट ग्यालरीका अध्यक्ष सुदर्शन राज शाक्य रहेका थिए ।

लिटल मिस एन्जलका सम्पूर्ण प्रतियोगीहरुले आउँदो जेष्ठ २६ गते अन्तिम प्रतिस्पर्धामा सहभागी जनाउने संस्थाका अध्यक्ष संजय महर्जनले जानकारी दिए ।

Skip This
Skip This
Logo