१ करोड ८० लाख मुल्यको ड्रेस र ज्वेलरीमा पुगिन प्रियंका चोपडा

१ करोड ८० लाख मुल्यको ड्रेस र ज्वेलरीमा पुगिन प्रियंका चोपडा

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । बलिउड देशी गर्ल प्रियंका चोपडा हालै श्रीमान निक जोनासको साथमा एक अर्वाड समारोहमा पुगेकी थिइन् । उक्त अवार्ड समारोहमा प्रियंकाको लुक्स देखि लिएर उनले लगाएको ज्वेलरीको निकै चर्चा भईरहेको छ ।

आर्कषक ज्वेलरी र ड्रेसअपमा पुगेकी देशी गर्ल प्रियंकाले समारोहमा पुग्ने सबैको ध्यान आफूतिर खिचेकी थिइन् । चोपडाले अर्वाड समारोहमा लगाएको ड्रेस र ज्वेलरीको मुल्य करिब १ करोड ८० लाखको रहेको छ । जुन निकै महंगो मानिन्छ ।

प्रियंकाले ‘टिफनी एण्ड कम्पनी’ को ५ हजार ६ सय डलर पर्ने हिराको झुम्का र त्यसमा म्याचिङ ब्रेसलेट लगाएकी थिइन् । जसको बजार मुल्य १२ हजार डलर रहेको छ । यी दुवै ज्वेलरी ‘टी कलेक्शन’ ब्रान्डका हुन् ।

उनले घाँटीमा लगाएको कपाल आकारको सेतो लकेट भने ११ हजार डलरको हो । प्रियंकाले लगाएको अर्को नेकलेस भिक्टोरिया ग्रेजुएटको मुल्य ५५ हजार डलर पर्छ । उनले लगाएको कपडा पनि धेरै महंगो हुन् ।

जसको मुल्य पनि लाखौं पर्ने भारतीय सञ्चारमाध्यले दाबी गरेका छन् । चोपडाले उक्त तस्विरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । जसमा उनी निकै सुन्दर र आर्कषक देखिएकी छन् ।

Skip This
Skip This
Logo