बलिउड फिल्म ‘भारत’ यो वर्षकै बहुप्रतिक्षित फिल्म हो । जसमा सलमान खान र कट्रिना कैफ मुख्य भूमिकामा छन् । उक्त फिल्ममा सलमान र कट्रिनाले रोमान्स गरेका छन् । ‘भारत’ लाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । कट्रिना र सलमानको जोडीलाई पर्दामा दर्शकहरुले निकै रुचाउँने गर्दछन् ।
हालै निर्देशक अलीले सलमान र कट्रिनाको बीचमा लभ सिनको स्क्रिप्ट लेख्न नसक्ने बताएका छन् । उनी भन्छन्, ‘जब सलमान–कट्रिना पर्दामा एकसाथ देखिन्छन्, दर्शकहरुले आफैं उनीहरु बीच भएको प्रेमलाई बुझ्दछन् ।’ त्यसैले उनीहरुको लािग लभ सिनको स्क्रिप्ट लेख्न आवश्यक नभएको अली बताँउछन् ।
फिल्म ‘भारत’ मा सलमान र कट्रिनासँगै दिशा पटानी, ज्याकी श्रफ, सुनिल ग्रोवर लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यो फिल्म जुन ५ देखि रिलिज हुँदैछ ।





























प्रतिक्रिया