रहेनन् प्रसिद्ध संगीतकार बिजु बज्र

रहेनन् प्रसिद्ध संगीतकार बिजु बज्र

केन्द्रबिन्दु
0
Shares

प्रसिद्ध संगीतकार बिजु बज्रको आज (आइतबार) बिहान निधन भएको छ । उनको हृदयाघातबाट काठमाण्डाैकाे सिभिल हस्पिटलमा निधन भएकाे हो ।

अहिले उनको शव काठमाडौँको सिभिल हस्पिटलमा राखिएको छ।  उनको भोलि दाहसंस्कार गरिनेछ।

उनलाई ५ वर्षअघि पनि २ पटक हृदयघात भएको थियो। “झरी परिरह्यो मनमा थामिदैन आँसु..’ ‘बिस्तारै छायो आँखामा अँध्यारो…” , “तिमी मभन्दा कोसौँ टाढा छौ…” , “मै ठूली भैछु रे, आइदेऊ घुम्टी ओढाइदेऊ…”, “कुन रंगको कमी थियो र…” , “परेवाको जोडी उडेको देख्दा…” लगायत उनका बहुचर्चित गीत हुन् ।

४८ वर्षीय  संगीतकार बज्रकाे श्रीमति, दुई छाेरा र एक छाेरी छन् ।

Logo