स्वाकनको आर्ट क्याम्प सम्पन्न

स्वाकनको आर्ट क्याम्प सम्पन्न

केन्द्रबिन्दु
182
Shares

काभ्रे । काठमाडौंको रूद्रमति मार्गस्थित स्वाकन इन्टरनेशनल हस्पिटलले आयोजना गरेकाे आर्ट क्याम्प तथा कार्यशाला सम्पन्न भएको भएकाे छ । काभ्रेको बनेपा-६ मा रहेको माइलहाई हस्पिटालिटीको परिसरमा यही २४ र २५ गते दुई दिन चलेकाे आर्ट क्याम्प तथा कार्यशाला सम्पन्न भएको हाे ।

कला कार्यशालामा काठमाडौंबाट सात जना युवा कलाकारहरू जया शर्मा, बिभुषण ताम्राकार, किशोर नकर्मी, जुजुकाजी श्रेष्ठ, प्रकाश मानन्धर, रेणुका महर्जन तथा सपना पौडेलले सहभागिता जनाएका थिए ।

“संस्कृति र प्रकृति” कन्सेप्टमा आयोजित कार्यशालामा पहिलो दिन कलाकारहरूले‌ आयोजनास्थल नजिकै रहेको गोशाइँथान भ्रमण गरेका थिए भने साँझ आयोजित कला छलफलमा सबैले कला क्षेत्रका बारेमा आ-आफ्नो अवधारणा राख्नुका साथै अनुभवहरू आदानप्रदान गरेका थिए । दोश्रो दिन सहभागि कलाकारहरूले माइलहाइको रमणीय स्थलमा विभिन्न आकर्षक चित्रहरू सिर्जना गरेका थिए ।

कार्यशालाको आयोजना गर्नुको उद्देश्य बारे संयोजक सुव्रत आचार्यले भने, “कलाकारहरूलाई इज्जत र सम्मान चाहिन्छ, जसको यहाँ कमी छ । उहाँहरूलाई इज्जत र सम्मान दिदैं यस्ता कलाका कार्यक्रमहरू अझ बृहत् रूपमा गर्दै जाने हाम्रो योजना छ ।”

आयोजक स्वाकन इन्टरनेशनल हस्पिटलकी निर्देशक डा. मिनल्मा पाण्डेले भनिन्- “मलाई सानैदेखि चित्रकला सिर्जनामा रूची थियो । चिकित्सा पेशा नअंगालेको भए म चित्रकार नै हुन्थें होला । कला र कलाकारहरूलाई सम्मानजनक तरीकाले यसरी भेला गर्ने मेरो सोच पहिलेदेखिको हो । यसपटक त्यो अवसर जुरेको छ । यो पटकको आयोजनाले आगामी दिनमा अझै बढि कलाकारहरु भेला गरेर यस्तो कार्यशालाहरू गरिरहने हौसला मिलेको छ ।”

Logo