भ्वाइस किड्स-३ को उपाधि अनुयालाईः नेपालीभाषी भुटानीको प्रतिनिधित्व गर्दै अमेरिकादेखि आइन्

भ्वाइस किड्स-३ को उपाधि अनुयालाईः नेपालीभाषी भुटानीको प्रतिनिधित्व गर्दै अमेरिकादेखि आइन्

केन्द्रबिन्दु
2.4k
Shares

काठमाडौँ । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छिन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा तामाङले उपाधि जितेकी हुन् । नेपालीभाषी भुटानी समुदायको प्रतिनिधित्व गर्दै अमेरिकादेखि आएकी तामाङले उपाधि जितेकी हुन् ।

विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेललगायतले पुरस्कार प्रदान गरेका छन् । जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकका तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् । अन्य फाइनलिस्टलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा, कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरेका थिए ।

दर्शकले दिएको भोटका आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो । भोटिङ लाइन शनिबार बेलुका ७ बजेसम्म खुला थियो ।

Logo