ग्लोकल टीन हिरो नेपाल १०औं संस्करणका अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

ग्लोकल टीन हिरो नेपाल १०औं संस्करणका अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । ग्लोकल द्वारा आयोजित गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो २०२४ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ ।

देशभरिका किशोर किशोरीहरुबाट कुल ७०९ आवेदन आएकोमा आज अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा गरिएको छ। किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गरी अरु माझ चिनाउने कार्यक्रम ‘ग्लोकल टिन हिरो नेपाल’ को यो दशौं संस्करण हो ।

हरेक बर्षझैँ यस वर्षपनि सेप्टेम्बर १, २०२४ मा अवार्ड कार्यक्रम र सम्मेलन मार्फत गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम घोषणा गरिनेछ। ग्लोकल टिन हिरो २०२४ का अन्तिम ६ प्रतिस्पर्धीहरू यसप्रकार छन्स् आशिष पन्थी (१९, प्राविधिक शिक्षक, कपिलवस्तु); घनश्याम विश्वकर्मा (१९, बालअधिकारकर्मी, रुकुम); निश्चल भट्टराई (१६, शैक्षिक कार्यकर्ता, स्याङ्जा); पूर्णिमा तिम्सिना (१७, बाल अधिकार कार्यकर्ता, झापा); सजनी शर्मा (१९, सामाजिक कार्यकर्ता, कास्की); र श्रीजय सुवेदी (१८, प्राविधिक उत्साही, पर्सा)।

यस बर्ष पनि अन्तिम ६ प्रतिस्पर्धीहरुले आत्मदक्षता कार्यशालामा सहभागी हुने अवसर प्राप्त गर्नेछन जहाँ उनीहरूले उद्योगका शीर्ष कर्पोरेट व्यक्तित्वहरू, राजदूत एवम अन्य विशिष्ट व्यक्तित्वहरू सँग अन्तरक्रिया गर्ने मौका पनि पाउनेछन्। सेप्टेम्बर १ मा निर्णायकहरूको प्यानलद्वारा आन्तिम ६ प्रतिस्पर्धींको व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२४ को बिजेता घोषणा गरिने छ ।

एसएमएस भोटिंग राउन्ड अगस्ट २१, बेलुका ५ बजेदेखि अगस्ट ३१, ५ बजेसम्म खुल्ला रहनेछ, जसले गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको विजेता छनोटमा पनि योगदान गर्नेछ। प्रतिस्पर्धीहरूलाई भोट गर्न, तपाईंको मनपर्ने फाइनलिस्टको भोटिंग कोड ३५००१ मा एसएमएस गर्न सक्नेछन् ।

Logo