एजेन्सी । अमेरिकाकी चर्चित गायिका एवं नायिका माइली साइरस बेला बेला चर्चामा आईरहन्छिन् । उनी विशेषगरी नग्न तस्बिरका कारण चर्चामा आउँछिन् । फेरि उनी आफ्नो नग्न तस्बिरका कारण चर्चा तथा विवादमा मुछिएकी छन् ।
उनले आफ्नो कुकुर मेरी जेनसँग तस्बिर खिचाएकी छिन् । नग्न अवस्थामा उनले कुकुरसँग तस्बिर खिचाएकी हुन् । यो नग्न तस्बिर उनले सोसल साइट इन्स्टाग्राममा सेयर गरेकी छिन् ।
तस्बिरमा माइली एउटा मरुभूमीको बीचतिर लन्ज चेयरमा नग्न सुतिरहेकी देखिएकी छिन् । उनले घुँडासम्म आउने विनाइल बुट्स र पहेँलो रङको बकेट ह्याटबाहेक केही पनि लगाएकी छैनन् ।
फोटोको क्याप्सनमा उनले लेखिन्, ‘ह्पाप्पी नेशनल पपी डे फोहोरी जनावर ।’ माइलीको यो नग्न फोटो पहिलो भने होइन । उनले यसअघि पनि थुप्रै त्यस्ता तस्बिर पोष्ट गरिसकेकी छिन् ।





























प्रतिक्रिया