मिस्टर एण्ड मिस लिटिल पूर्वेलीको अन्तिम अडिसन सकियो, दशैँ र तिहारबीचमा फिनाले हुने

मिस्टर एण्ड मिस लिटिल पूर्वेलीको अन्तिम अडिसन सकियो, दशैँ र तिहारबीचमा फिनाले हुने

केन्द्रबिन्दु
42
Shares

इटहरी । इटहरीमा आयोजना हुने ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ प्रतियोगिताको दोश्रो तथा अन्तिम अडिसन हालै सम्पन्न भएको छ । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट र ओपन स्पेसको सहकार्यमा आयोजित यस प्रतियोगितामा बालबालिकाले आफ्नो कला र क्षमताको उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । शनिबार सम्पन्न दोश्रो अडिसनमा ५० जना बालबालिकाले सहभागिता जनाएका थिए । जसबाट ३० जना प्रतियोगी अन्तिम चरणका लागि छनोट भएका छन् ।

यसअघि सम्पन्न पहिलो अडिसनमा ८० जना बालबालिकाले सहभागिता जनाएका थिए । जसबाट ५० जनालाई दोश्रो चरणका लागि छनोट गरिएको थियो । अडिसनको निर्णायक मण्डलमा ग्लोबल ड्रीम्स म्यानेजमेन्टका सिईओ स्मित कार्की, इभेन्ट म्यानेजर सजिना श्रेष्ठ, पेस लक्जरी मेकअप स्टुडियोकी सञ्चालिका प्रिया कार्की र अधिवक्ता आदभ बान्तावा रहेका थिए । निर्णायकहरूको समूहले प्रतियोगीहरूलाई विभिन्न आधारमा मूल्याङ्कन गरी उत्कृष्ट प्रतिभा छनोट गरेको हो ।

अडिसन इटहरीको गोर्खा होटलको सभाहलमा गरिएको थियो । सहभागी बालबालिकाका अभिभावकहरुको समेत उपस्थिति रहेको यस कार्यक्रममा बालबालिकाले आआफ्नो प्रतिभा प्रस्तुत गर्दै निर्णायकहरूलाई प्रभावित गरेका थिए । छनोट भएका बालबालिकाहरूलाई यही बिहीबारदेखि इटहरीमै विभिन्न प्रशिक्षण प्रदान गरिनेछ । आयोजकका अनुसार २५ दिन लामो प्रशिक्षण हुनेछ । जसमा व्यक्तित्व विकास, प्रस्तुति कला, आत्मविश्वास अभिवृद्धि, बोल्ने कला, र्याम्प वाल्क र अन्य विभिन्न गतिविधिहरू समावेश गरिनेछन् ।

यस तालिमले बालबालिकाहरूलाई कार्यक्रमको फिनालेको लागि र आफ्नो व्यक्तित्व विकासको लागि समेत महत्त्वपूर्ण हुने आयोजकको विश्वास छ । प्रतियोगिताको फिनाले दशैँ र तिहारको बीचमा आयोजना गरिने भएको छ । मिस्टर र मिस तर्फका विजेताले ३० हजार नगदसहित अन्य धेरै पुरस्कारहरू जित्ने अवसर पाउनेछन् ।

Logo