कति वर्षमा लागे प्रदीप खड्का ? काटे केक (भिडियोमा)

कति वर्षमा लागे प्रदीप खड्का ? काटे केक (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नायक प्रदीप खड्काको आज जन्मदिन । उनी २७ वर्षबाट २८ मा लागेका छन् । फिल्मी यात्रामा डेव्यु फिल्म सुपर फ्लप भयो भने त्यसपूर्व उनले टेलिभिजनमा एमसिआर देखि मार्केटिङ सम्मको काम गरेका छन् ।

केही गरौ भन्ने सोच भएका प्रदीपले ‘स्केप’ नामक फिल्म आफैले लेखेका र प्रमुख कलाकार भएर खेलेका थिए । उक्त सिनेमाले झुर व्यापार गरेपछि कसरी अगाडि बढ्ने अन्यौलमा रहेका प्रदीपलाई निर्देशक सुदर्शन थापाले ‘प्रेमगीत’ मा लिएपछि भने भाग्य बदलियो ।

प्रदीपलाई पछिल्लो समयमा डिमाण्डेड नायकमा गनिन्छन् । ‘प्रेमगीत’ र यसको सिक्वेलमा काम गरेपछि अत्याधिक दर्शक माया पाएका उनले ‘लिलिबिली’ बाट पनि उस्तै माया पाउन सफल भए । अघिल्लो रिलिज फिल्म ‘रोज’ भने उनलाई फापेन ।

दर्शकले ‘रोज’ लाई रिलिज समयमा नरोजेपछि उनको करिअरमा केही हद सम्म असर पुग्यो । यद्धपि त्यसलाई पाठको रुपमा लिदै उनले राम्रो व्यानर, राम्रो स्क्रिप्ट, राम्रो टिमसँग मात्र काम गर्ने निर्णय लिए । अहिले उनी अभिनित फिल्म ‘लभ स्टेनशन’ रिलिज तयारीमा रहेको छ ।

ललितपुरमा जन्मिएका प्रदीप अविवाहित हुन् । बेला बखत प्रेम प्रसङ्गले पनि उनी चर्चाको पात्र बन्छन् । दुई फिल्ममा सँगै काम गरेपछि नायिका जसिता गुरुङसँग प्रेम रहेको भन्ने चर्चा चल्यो तर यि दुवैले आफूहरु मिल्ने साथी मात्र भएको बताउँदै आएका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा केक काटेर बर्थ डे सेलिब्रेट गरेका छन् ।

Skip This
Skip This
Logo