किड क्विन नेपालका सहभागीहरूले गरे प्रतिभा प्रदर्शन

किड क्विन नेपालका सहभागीहरूले गरे प्रतिभा प्रदर्शन

केन्द्रबिन्दु
213
Shares

काठमाडौँ । नेप्लिज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आइरहेको बालिकाहरूको अर्को प्रतियोगिता किड क्विन नेपाल २०२४ का सहभागीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् ।

आगामी कार्तिक १० गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने १९औँ संस्करणको किड क्वीन नेपालका प्रतिस्पर्धीले शनिवार होटल एल्लो प्यागोडामा आयोजित ट्यालेन्ट शोमा आफ्ना प्रतिभा प्रदर्शन गरेका हुन् ।

प्रतियोगितामा सहभागी ९ देखि १४ वर्षसम्मका ४० बालिकाहरूले ट्यालेन्ट उपाधिका लागि आयोजित ट्यालेन्ट शोमा अभिनय, नृत्य, चित्रकला, वाद्यवादन, वक्तृत्वकलाजस्ता प्रतिभा प्रदर्शन गरी निर्णायक तथा अभिभावकलाई प्रभावित पारेका थिए ।

ट्यालेन्ट शोमा अजना आचार्य, रुमी खड्गी, पलिस्था महर्जन, सुवाना लोहनी, जीयना रसाइली, सारिका सिटौला, सृष्टि रञ्जितकार, सेरीना गुरुङ, सफलता श्रेष्ठ, शिभ्याना सिंह, सुधा तामाङ, प्रसुति घिमिरे, हन्सिका महर्जन, रिन्छेन लामा, तिसा महर्जन, सृष्टि विष्ट, अनन्या खड्का, काव्या शिवाकोटी, दिलासा अमात्य, भाग्यश्री खड्का, सुमन महर्जन, प्रान्जु श्रेष्ठ, युनिका तेवा, ऋतु लोहनीले प्रस्तुति दिएका थिए ।

यस्तै, सोनिशा अधिकारी, प्रान्सी अधिकारी, प्रासिका अधिकारी, सिचु महर्जन, जेसिका श्रेष्ठ, रचेल कटुवाल, परी श्रेष्ठ, श्रीषा श्रेष्ठ, नसिका ठकुरी, सुमिरन पुडासैनी, सोना गुरुङ, सविता केसी, सुदीक्षा श्रेष्ठ, युनिशा गोदार र एन्जेलिना नगरकोटीले विभिन्न विधामा आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए ।

आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व, समाजसेवी सोवित उप्रेतीको प्रमूख आतिथ्यमा वरिष्ठ अभिनेता मदनदास श्रेष्ठ, महिला इन्टरपेनर सरितादेवी श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौँ शेषमतीका प्रेसिडेन्ट दिलकुमार महर्जन, नेपाल क्यान्सर रिलिफ सोसाइटी काठमाडौँ शाखाका प्रमूख श्रीकृष्ण महर्जन, किड क्वीन नेपाल २०२२ इरिना महर्जन र समाजसेवी मदनकुमार जोशीको विशेष आतिथ्यमा सम्पन्न ट्यालेन्ट शोमा यशओ नेवाकी अध्यक्ष डा शिक्षिता श्रेष्ठ, नमूना कलेजका सहायक प्रधान अध्यापक जिवेश्वोरलाल श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, संगीतकार नरहरि प्रेमी, ड्रेस डिजाइनर शोभा महर्जन, ब्युटिसियन मन्जु कार्की पाण्डे र पत्रकार अरुणा भट्टराई निर्णायक रहेका थिए ।

आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न यो प्रतियोगिता आयोजना गरिँदै आएको बताइन् । प्रतियोगिताका सहभागीलाई विभिन्न सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने पनि उनले जानकारी गराइन् । प्रतियोगीलाई फिनालेको तयारीका लागि विभिन्न विषयको तालिम र प्रशिक्षण दिइएको आयोजकले जानकारी दिएका छन् । प्रतियोगिता मिस नेवाः ११४३ सकिना महर्जन र सोसियल वेलफेयर एम्बेस्डर चिफ तिमिला महर्जनको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जनको संयोजनमा हुनेछ । नेप्लिज फेसन होमले नेवार सुन्दरीहरूबीचको मिस नेवाः आयोजना गर्दै आएको छ ।

Skip This
Skip This
Logo