काठमाडौं । यतिबेला विवाद तथा चर्चामा आएका गायक पशुपति शर्मालाई सहानुभूती तथा आक्रोश दुवै आईरहेका छन् । व्यंगात्मक गीत ‘लुट्न सके लुट’ बाट विवादित बनेका पशुपतिको पक्ष विपक्षमा तर्क वितर्क आईरहेका छन् ।
कोहीले यो गीतले राम्रो तथा यर्थात सन्देश दिएको बताएका छन् । भने कोहीले गीतले राष्ट्रको आत्मसम्मानमा ठेस पुर्याएको दाबी गर्दै आएका छन् । यसको पक्ष र विपक्षमा सत्तारुढ दल र विपक्षी दल देखिएका छन् ।
कलाकार तथा आम नागरिकहरु पनि दुई धुब्रमा बाँडिएका छन् । स्वयम पशुपतिले गीतमा केही कमजोरी भएको स्वीकार गरेका छन् । उनले गीतमा समावेश केही शब्दमा कमजोरी रहेको स्वीकार गर्दै युट्युवबाट हटाएका थिए । तर सरकारले प्रतिबन्ध लगाएको भन्दै चर्को विरोध भईरहेको छ । पशुपतिले सरकारको कारण नभई गीतमा समावेश केही शब्दबारे साथीभाई तथा शुभचिन्तकहरुको सुझावका आधारमा हटाएको बताउँदैं आएपनि सरकारमाथिको आरोपमा कमि आएको छैन् ।
कलाकारहरु समेत उनको पक्ष र विपक्षमा देखिएका छन् । कलाकारहरुको हक हितको लागि लड्दैं आएको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिानले कसैको दबाबमा आएर हटाईएको भए पुनः जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह गरेको छ । तर पशुपतिले गीत पुनः जस्ताको त्यस्तै अपलोड नगर्ने बताईसकेका छन् ।
चर्चित गायिका मञ्जु पौडेलले पनि पशुपतिको शब्द चयनमा केही कमजोरी रहेको बताएकी छन् । उनले गीत एकदमै समय सान्दर्भिक रहेको तर शब्द चयनमा केही ध्यान नपुगेको बताईन् । उनले भनिन्, ‘यसमा केही शब्दहरु गलत छन् । जुन पशुपति आफैंले स्वीकारेको कुरा हो । उहाँ शब्द चयनमा चुक्नु नै भएको हो ।’
यो गीत त्यति विवादमा आउनुनपर्ने भन्दै यसमा राजनीतिकरण गर्न खोजिएको उनको आरोप छ । यो धेरै राष्ट्रिय मुद्दा तथा भाईरल नै भईहाल्नुपर्ने गीत नभएको भन्दै राजनीतिकरण गर्न खोजिदा विवादमा आएको उनको भनाई छ । ‘यो गीतलाई राजनीतिकरण गर्न खोजिएको हो । केही राजनीतिज्ञहरुले यो गीत युट्युवबाट हटाउनुभएन भने हामी तपाईको कार्यक्रम नै बहिस्कार गर्छौ भनेर विज्ञप्ती नै जारी गर्नुभयो’ उनले भनिन् ।





























प्रतिक्रिया