धुर्मुस-सुन्तलीसँगै कुलमान घिसिङ सम्मानित, पाए ५-५ लाख

धुर्मुस-सुन्तलीसँगै कुलमान घिसिङ सम्मानित, पाए ५-५ लाख

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सामाजिक अभियान्त तथा चर्चित हास्यकलाकार ‘धुर्मुस-सुन्तली’लाई सम्मान गरिएको छ । कान्तिपुर मिडिया ग्रुपको संस्था कान्तिपुर फाउन्डेसनले ‘धुर्मुस-सुन्तली’लाई कान्तिपुर आइकन २०७५ ले सम्मानित गरेको हो । चार विधामा घोषणा गरिएको कान्तिपुर आइकन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी छन् ।

मुलुकको समाज–राजनीति, सिर्जना–कला, अर्थ–उद्यम र विज्ञान–अन्वेषण क्षेत्रमा योगदान पुर्‍याएका चारजना अगुवा तथा प्रेरणादायी व्यक्तित्वलाई कान्तिपुरको २६ औँ वार्षिकोत्सवका अवसरमा सम्मानित गरेको हो ।

जनही ५ लाख रुपैयाँ बराबरको स्वर्ण पदकसहितको उक्त सम्मान ‘विज्ञान–अन्वेषण’ तर्फ वागवानी विज्ञ मुकुन्द रञ्जित, ‘सिर्जना–कला’ तर्फ सुनील पोखरेल, अर्थ–उद्यम तर्फ कुलमान घिसिङ, समाज–राजनीति तर्फ हास्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई प्रदान गरिएको हो।

उक्त सम्मानको लागि धुर्मुस सुन्तलीले कान्तिपुर मिडिया ग्रुपलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘तपाईहरुको माया, प्रेम अनि आर्शिवादले हामी ‘कान्तिपुर आइकन २०७५’ सामाजिक बिधाबाट सम्मानित भएका छौं । यो सम्मान सम्पुर्ण शुभचिन्तक ज्यूहरु एवम् सहयोगी मनहरुमा समर्पण गर्न चाहान्छौं । महत्वपुर्ण सम्मान गर्नुभएकोमा कान्तिपुर फाउण्डेशनलाई बिशेष धन्यवाद एवम् आभार । साथै अन्य बिधाबाट सम्मानित आदरणिय ब्यक्तिहरु कुलमान घिसिङ, सुनिल पोखरेल तथा डा. मुकुन्द रंजीतज्यूलाई बधाई एवम् शुभकामना ।’

तस्बिरः कान्तिपुर मिडिया ग्रुप

Skip This
Skip This
Logo