काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिानले लुट्न सके लुट कान्छा गीत फेरि युट्युबमा अपलोड गर्न आग्रह गरेको छ । चर्को विरोध आएपछि युट्युबबाट हटाईएको उक्त गीतलाई पुनः अपलोड गर्न प्रतिष्ठानले आग्रह गरेको हो ।
शुक्रबार युट्युबमा रिलिज भएको उक्त गीत शनिवार गायक पशुपति शर्मा आफैंले केही शब्द परिमार्जन गर्ने भन्दै हटाएका थिए । उक्त गीतमा समावेश गरिएको केही शब्दप्रति शुभचिन्तक तथा साथीभाईहरुले हटाउन सुझाव दिएको भन्दै गीत पुनः अपलोड गर्नेगरी हटाएका थिए ।
सोही प्रकरणमा विवाद सिर्जना भएपछि प्रतिष्ठानको आईतबार बसेको आकस्मिक बैठकले अरुको दवावमा आएर हटाईएको भए पुनः जस्ताको त्यस्तै अपलोड गर्न अनुरोध गरेको हो ।
पसुपति शर्माको गीतमा प्रयोग भएका शब्दमा कलाकार आफैलाई “फेर्न योग्य” लागेर गीत हटाएको भए त्यो उनको नीजि स्वतन्त्रताको कुरा भएको भन्दै त्यसलाई प्रतिष्ठानले सम्मान गर्ने जनाएको छ । तर अरुको दवावमा हटाईएको भए पुनः जस्ताको त्यस्तै अपलोड गर्न अनुरोध गरेको हो ।
‘कुनै दवाव या कुनै धम्कीको कारण हटाउनुभएको हो भने गीतलाई जस्ताको तस्तै पुनः अपलोड गर्नुहुन संस्था अनुरोध गर्दछ । त्यसपछि आईपर्ने विवाद वार्ता र छलफलद्धारा समाधान हुनुपर्दछ र त्यसको अगुवाई गर्न संस्था तयार रहेको छ’ प्रतिष्ठानद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।






























प्रतिक्रिया