काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान आकस्मिक बैठक बोलाएको छ । गायक पशुपति शर्मा प्रकरणबारे प्रतिष्ठानको आधिकारीक धारणा तय गर्न आकस्मिक बैठक बोलाईएको हो ।
शर्माको ‘लुट कान्छा लुट’ बोलको गीत प्रकरणबारे छलफल गर्दै आधिकारिक धारणा तय गरिने प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले जानकारी दिए । दबाबपछि पशुपतिले उक्त गीत युट्युवबाट हटाएका थिए ।
उनले गीत हटाएपछि पक्ष र विपक्षमा तकृ वितर्कहरु आईरहेका छन् । उक्त विषयमा प्रतिष्ठानले केही पनि नबोलेको भन्दै आलोचना भईरहेका बेला आकस्मिक बैठक आह्वान गरिएको हो ।
प्रतिक्रिया