‘क्याम्टेन’ मा निरुतासँग भुवन र अनमोलको कम्बिनेशन (भिडियोमा)

‘क्याम्टेन’ मा निरुतासँग भुवन र अनमोलको कम्बिनेशन (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । लामो समयपछि नायिका निरुता सिंह चलचित्रमा देखिएकी छन् । चलचित्र क्याप्टेनको दोस्रो गीत कर्ली कर्ली कलाप मा निरुताले दुई जना बाबु छोरासँगै स्क्रिम शेयर गरेकी छन् ।

उनले चर्चित अभिनेता भुवन केसी तथा नायक भुवन केसीसँगै उक्त गीतमा अभिनय गरेकी हुन् । निरुता उक्त गीतमा अभिनय गर्नको लागि मात्रै भारतको मुम्बईबाट नेपाल आएकी थिईन् ।

उक्त गीत एक कार्यक्रमकाबीच शुक्रबार सार्वजनिक गरिएको छ । सार्वजनिक कार्यक्रममा चलचित्र क्याप्टेनमा आबद्ध कलाकारहरु, एन्फा पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अभिनेता भुवन केसीले चलचित्र क्याप्टेनको बारेमा जानकारी गराएका थिए । उनले चलचित्र क्याप्टेन राष्ट्रका गहना भनेर चिनिएका कलाकार तथा खेलाडी दुवै जोडिएको बताए । भुवन केसीले क्याप्टेन फिल्म बनाउनुको रहस्य खोलेका थिए । यसमा हसाउने, रुवाउने तथा मनोरञ्जन दिलाउँनेसँगै यो फिल्ममा खेलाडीको जीवनगाथा पनि बोकेको छ ।

बच्चादेखि आफुले संघर्ष गरेर राष्ट्रको झण्डा हातमा लिएर राष्ट्रको नाम संसारमा फैलाउन कति मिहेनत गर्नुपर्छ, कति त्याग तपस्या गर्नुपर्छ, भन्ने विषयमा तयार पारिएको चलचित्र हो क्याप्टेन । उनले भने ।

यो चलचित्र हेरेपछि प्रत्येक खेलाडी तथा दर्शकलाई यो त हाम्रै जीवन कथा रहेको भन्ने लाग्ने उनको भनाई छ । कार्यक्रममा उपस्थित अभिनेत्री निरुता सिंहले लामो समयपछि दुई जना सुपरस्टारसँग काम गर्ने मौका पाएको भन्दै खुशी व्यक्त गरिन् । निरुताले भुवन र अनमोल केसीप्रति आभार प्रकट गरिन् । यो चलचित्र फागुन १७ गतेदेखि देशभर प्रदर्शनमा आउँदैंछ ।

Logo