सांगितिक क्षेत्रमा सफल बन्दै गायक ईश्वर मागिया ( भिडियो सहित )

सांगितिक क्षेत्रमा सफल बन्दै गायक ईश्वर मागिया ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

सुमधुर स्वरका धनि गायक ईश्वर मागिया सांगितिक क्षेत्रमा प्रवेश गरेको एक दशक भयो । यो अवधिमा उनले दर्जन भन्दा वढी गीति एल्बमहरु सार्वजनिक गरिसकेका छन् ।

वि.सं. ०६५ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरि यसक्षेत्रमा औपचारिक रुपमा प्रवेश गरेका मागिया आफ्नो नशा नशामा गीतसंगित बहेको बताउँछन् । गायनलाई नै औपचारिक पेशाका रुपमा अघि सारेका उनी प्रतिश्पर्धात्मक रुपमा आएका गीतसंगितको भिडमा संघर्ष गर्न निकै कठिन भएपनि राम्रो सिर्जनालाई दर्शक र श्रोताले मन पराउने बताउँछन् ।

भविष्यमा यसक्षेत्रलाई नै अझै सशक्तरुपमा अघि वढाउने सोच भएका गायक ईश्वर गीत गाउने मात्रै गर्दैनन् , गीत लेखन र संगितका क्षेत्रमा पनि पोख्त छन् । मेरो सानैदेखिको सपना पुरा गर्न म दिनरात नभनि यसमै लागेको छु । उनले भने ।

पछिल्ला केहि वर्ष यता उनले वर्षमा २ वटा सम्म सांगितिक एल्बमलाई बजारमा ल्याउने गरेका छन् । यसवर्ष पनि २ वटा एल्बम आइसकेका छन् । अबको केहि महिनामै अर्को नयाँ एल्बम सार्वजनिकको तयारीमा रहेको बताउने उनले हालै मात्र मैच्याङ नामको एल्बम बजारमा ल्याएका हुन् । यसमा २ वटा गितहरु छन् । मैच्याङ र आँखैको गाजलै । यी गितमा गायक र्इश्वरकै शब्द तथा संगीत रहेको छ । ‘मैच्याङ’ एल्बममा समावेश यस गीतबाट गायक निकै उत्साही र आशावादी छन् ।

गीतको भिडियोमा भिमफेदी गाइज र निरञ्जली लामाको अभिनय देख्न पाइन्छ भने निर्मल लामाले यसलाई निर्देशन गरेका हुन् । यस भिडियोलाई पवन सुलिङले सम्पादन गरेका हुन् । गीतको भिडियो यस्तो छ :

Logo