गायिका अञ्जली डिसीको स्वरमा रहेको ‘ए मेरो परदेशी’ गीत सार्वजनिक [भिडियोसहित]

गायिका अञ्जली डिसीको स्वरमा रहेको ‘ए मेरो परदेशी’ गीत सार्वजनिक [भिडियोसहित]

केन्द्रबिन्दु
141
Shares

काठमाडौँ । गायिका अञ्जली डिसीको स्वरमा रहेको ‘ए मेरो परदेशी’ बोलको गीत सार्वजनिक भएको छ । नेपाली युवायुवतीको जीवन भोगाइलाई गीतमा समेटिएको छ ।

देशमा रोजगारीको अभावमा विदेशिएका युवायुवतीबीचको पीडा र भोगाइलाई गीतमा समेटिएको छ । लामो समयदेखि वैदेशिक रोजगारीको शिलशिलामा ओमानमा कार्यरत काशीराम सुनार अर्थात् काशी जेट्लीको शब्द तथा संगीत र विशाल निरौलाको संगीत संयोजनमा गीत तयार गरिएको छ ।

विभिन्न दुःख पीडामा परेका नेपालीलाई उद्धार गर्दै आएका काशीराम सुनारले छोटो समयको बिदा मनाउन स्वदेशमा आएको मौकाको सदुपयोग गरेको र समग्र युवाको प्रतिनिधित्व गर्दै गीत बजारमा ल्याएको बताए । भिडियोमा दिनेश पराजुलीको छायांकन, दिनसन शाहको सम्पादन र गम्भिर विष्टको निर्देशन रहेको छ । गीतका नायिका केकी अधिकारी, काशीराम सुनार र रमा थपलियाको अभिनय देख्न सकिन्छ ।

गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

Logo