आकाश र आँचल सुटुक्क धुलिखेलमा, जब सरप्राईज बर्ड विस गरियो

आकाश र आँचल सुटुक्क धुलिखेलमा, जब सरप्राईज बर्ड विस गरियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाई सकेका चर्चित नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मा एकाएक धुलिखेलको मिरावल होटलमा देखा परेका छन् । आकाशले आँचललाई सरप्राईज दिन सुटुक्क धुलिखेल लगेका हुन् ।

एकाएक आकाश र आँचलको टेबलमा बर्थडे केक आईपुग्छ । आकाशले आँचलको बर्थडे सेलेबे्रसनको तयारी गरेका रहेछन् । आँचलले बर्थडेको केक काट्छिन उता आकाशले पपअप पट्काउछन् । आकाशले केक आँचललाई खुवाउँछन् अनि आँचलले खुशी भएर आकाशलाई मुस्कानसहित प्रेमभाव प्रकट गर्छिन ।

होटेलको रेष्टुरेन्टमा रहेका सबैले आँचललाई बर्थडे विस गर्छन । त्यहि बेला परबाट निर्देशक प्रभावनले “ओके” समर्थन छ । ल अब अर्कौ एङगल बाट सट लिउ । एतिकैमा होटलमा रहेका सबैको ध्यान भङ्ग हुन्छ । ए सुटिङपो रहेछ ।

चर्चित गायक प्रमोद खरेलको गाएन रहेको गजल “समय आएपछि” को म्युजिक भिडियोको सुटिङको लागि नेपाली सिने क्षेत्रका व्यस्त यो जोडीलाई लिएर निर्देशक प्रभावन पर्यटकिय नगरी धुलिखेलको मनमोहक दृश्य कैद गर्न मिराबल होटेलमा व्यस्त देखिन्थे ।

हेर्दा लाग्थ्यो म्युजिक भिडियो हैन कि फिल्मकै सुटिङ भैरहेको छ । आकाश र आँचललाई साथ दिईरहका थिए चर्चित कलाकारहरु रश्मि भट्ट, राजाराम गौतम र श्वेता गोलेले ।

क्यामेराम्यान टंक केसी र उनको साथमा ग्राफर विषेश महर्जन असिन पसिन हुँदै सटहरु लिईरहेका थिए । उता डि.ए.आर मुभिजका व्यवस्थापक डिएन दाहाल (धनपति) बिहेको सिनका लागि ठुलो सेट बनाउन र भिड व्यवस्थापनको कसरतमा टिम लिएर दौडधुप गरिरहेका देखिन्थे । धुर्व केसीको रचना रहेको उक्त गजलमा संगीत ईश्वर खत्री र संयोजन किरण कँडेलले गरेका छन् भने कला रोशन झा, मेकअप निमा लामाले गरेका छन् ।

नायक आकाश भन्दै थिए म म्युजिक भिडियो सुटिङ हैन कि कुनै बिग मुभिजको गीत गरिरहेको छु झै लागि रहेको छ । उता आँचल मलिनो स्वरले भन्छिन्, ‘यो म्युजिक भिडियोको कथालाई लिएर निर्देशक प्रभावनले मलाई पहिलो पटक धुलिखेल अस्पतालमा लगि एमआरआई गराए ।’

आँचलको यो पहिलो अनुभव थियो । एमआरआई मेसिनबाट बाहिर निस्केपछि आँचलले लामो स्वास फेर्दै भनिन्– “हे भगवान यो प्रभावन दाईले मलाई कति सम्म खटाउनुभएको, सात्तो उडाउनुभयो र पनि रमाइलो भैरहेको छ” । भिडियोलाई लिएर आकाश र आँचल निकै उत्साहित रहेका छन् ।

छोटो समयमा सांगितिक बजारमा आफ्नो अलग्गै पहिचान बनाएर अघि बढिरहेको डि.ए.आर मुभिजले यो गीत बजारमा आउँदा नेपाली दर्शकलाई अलग्गै स्वाद पस्कन सफल हुनेमा व्यवस्थापक डिएन दाहाल विश्वस्त छन् । ईश्वर खत्रि र धुर्व केसीको संयुक्त प्रस्तुति “समय आए पछि” गजल संग्रह डि.ए.आर मुभिजले चाँडैनै बजारमा ल्याउने तयारी गरेको छ ।

Skip This
Skip This
Logo