यसरी मनाए टुंडिखेलमा तामाङले ल्होछार (भिडियोमा)

यसरी मनाए टुंडिखेलमा तामाङले ल्होछार (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रो अनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ ।

यो २८५५ औँ सोनाम ल्होछार हो । मञ्जुश्री पात्रो शुरु भएको २८५५ औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाकर्ता टीका शेर्पाले बताउनुभयो ।

मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको मूल आयोजक समितिकी वरिष्ठ उपाध्यक्ष बेली लो तामाङले जानकारी दिनुभयो ।

यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिरहेका् छ । सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृति लगायतको प्रदर्शन गरिने जनाइएको छ ।

आज दिउँसो १ बजे टुँडिखेलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । यस अवसरमा आज ३ नं प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । टुँडिखेल हुँदै सडकमा बाजागाजा सहित रय्ली निकालीएको थियो सो दृष्य हामीले तपाईँहरुलाई यो भिडियो मार्फत देखाउने प्रयास गरेका छौँ ।

Logo