बिबाहपछि पूर्व ब्वायफ्रेण्डसँग स्क्रिन शेयर गर्दै दीपिका

बिबाहपछि पूर्व ब्वायफ्रेण्डसँग स्क्रिन शेयर गर्दै दीपिका

केन्द्रबिन्दु
0
Shares

बलिउड इन्डस्ट्रिमा निकै रुचाइएको अनस्क्रिन जोडी हुन् दीपिका पादुकोण र रणवीर कपूर । उनीहरुले फेरि एकपटक एउटै स्क्रिन शेयर गर्ने भएका छन् ।

रणवीर र दीपिकाले थुप्रै फिल्ममा काम गरिसकेका छन् । उनीहरुले ‘ए जवानी हे दिवानी’, ‘तमाशा’, ‘बच्ना हे हसिनो’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । स्रोतको अनुसार उनीहरु यो पटक ठुलो पर्दाको फिल्ममा नभएर एउटा ब्राण्ड विज्ञापनमासँगै काम गर्दैछन् ।

साथै उक्त ब्राण्डको सुटिङ आजैबाट सुरु हुने.समेत बताइएको छ । रणवीर र दीपिका पूर्व प्रेमि–प्रेमिका हुन् । उनीहरु केहि वर्ष अघि गहिरो प्रेममा थिए तर त्यो सम्बन्ध लामो समय टिक्न सकेन र उनीहरुको ब्रेकअप भयो ।

दीपिकाले केहि महिना अघि मात्र रणवीर सिंहसँग प्रेम विवाह गरिन् भने रणवीर कपूर अहिले आलिया भट्टसँग गहिरो प्रेममा छन् । एजेन्सी

Skip This
Skip This
Logo