नायक आर्यन सिगदेल विवाह गरेको ४ वर्ष पछि अन्तत: बुवा बन्ने भएका छन् । उनले सपना भण्डारीसँग २०७१ साल बैशाख ६ गते प्रेम विवाह गरेका थिए ।
हाल आर्यन ‘हजार जुनी सम्म’ चलचित्रको छायांकनको लागि सिक्किममा छन् । सिग्देलले चलचित्र ‘किसमत’ बाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेका थिए । आर्यन कुनै जवानाको चर्चित अभिनेतामा पर्छन् ।
उनी अभिनित अधिकांश सबैे चलचित्रहरु हिट भएका छन् । मेरो एउटा साथी छ, नोभेम्बर रेन, के यो माया हो लगायतका फिल्महरुले नेपाली बक्स अफिसमा आक्रमक व्यापार समेत गरेको थियो ।
सपना आर्यनको फ्यान थिइन् । करिब ४ वर्षको प्रेम सम्बन्ध पछि उनीहरुले विवाह गरेका थिए ।































प्रतिक्रिया