वर्ष २०१८ बलिउड इन्डिस्ट्री विवाहमय नै भयो भन्दा फरक नपर्ला । अझ त्यसमा पनि देशी गर्ल प्रियंका चोपडा र अमेरिकी बाबु निक जोनासको विवाहले निकै चर्चा बटुल्यो ।
उनीहरुले हिन्दू र क्रिश्चियन दुबै परम्परा अनुसार विवाह गरेका थिए । विवाहपछि प्रियंका आफ्नो वर्क सेड्युल अनुसार कहिले भारत र कहिले अमेरिकाको यात्रा गरिरहेकी छन् । अब निक जोनासले लस एन्जलसमा प्रियंकालाई राख्ने राम्रो बन्दोबस्त गरिसकेका छन् ।
हालै उनले प्रियंकालाई लस एन्जलसमा एउटा महल गिफ्ट गरेका छन् । उक्त महलको करिब ४६ करोड रुपैयाँ रहेको भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ । जसमा ठुलो सानदार स्विमिङ पुल, ५ वडा बेडरुम र सबैभन्दा खास भनेको काठको बरण्डा रहेको बताइएको छ ।
केहि समय अघि न्युली म्यारिड कप्पल हनिमुन मनाउन क्यारिबियन आईसल्याण्डमा पुगेका थिए । उक्त तस्विरहरु अहिले समाजिक सञ्जालमा निकै भाइरल भईरहेका छन् ।





























प्रतिक्रिया