‘मि टू’मा मुछिए निर्देशक राजकुमार हिरानी

‘मि टू’मा मुछिए निर्देशक राजकुमार हिरानी

केन्द्रबिन्दु
0
Shares

अमेरिकाबाट सुरु भएको ‘मि टू’ अभियान विश्वव्यापी रुपमा फैलिएको छ । बलिउडमा एकपछि अर्को हुँदै ‘मि टू’मा मुछिएको घटना बाहिर आइरहेको छ ।

अभिनेत्री तनुश्री दत्तले नाना पाटेकरलाई यौन उत्पिडनको आरोप लगाएकी थिइन् । त्यसमा थपिएका छन् निर्माता राजकुमार हिरानी ।
पिके, मुन्ना भाई,एमबीबीएस, थ्रि इडियट्स जस्ता फिल्म बनाएका फिल्म निर्देशक राजकुमार हिरानीमाथि एक महिलाले यौन उत्पिडनको आरोप लगाएकी छिन् । सञ्जु फिल्ममा हिरानीसँग काम गरिसकेकी यस महिलाले एक वेवसाइटमा उनले आफु हिरानीको असिस्टेन्ट बताएकी छिन् ।

यस महिलाको अनुसार मार्चदेखि सेम्टेम्बर २०१८को बिचमा पटक पटक हिरानीले यौन दुर्ब्यबहार गरेका थिए । उता हिरानीले ति महिलाको आरोपलाई खण्डन गरेका छन् । ति महिलाको भनाइलाई नकार्दै हिरानीले सबै आरोप उनको छवी बिगार्नको लागि लगाएको बताएका छन् ।

राजकुमार हिरानीले आरोप लागिसकेपछि वयान दिएका छन्, ‘जब लगभग २ महिना पहिले म माथि आरोप लागेको थाहा पाएपछि म स्तब्ध भए । मैले तत्काल कुनै कमिटी वा कानुनी संस्थामा लैजाने सल्लाह दिएको थिए । तर आरोप लगाउने महिलाले मिडियामा जाने फैसला गर्नुभयो । म भन्न चाहन्छु, यो एक गलत, द्धेषपूर्ण, अपमानजनक र भ्रामक कथा हो । जसलाई फैलाउन एक मात्र उद्देश्य मेरो छवी बिगार्नु हो ।’

हिरानीको वकिल आनन्द देसाईले यो आरोप गलत भएको र मानहानी भएको बताए । यो भन्दा पहिले बलिउडको सेलिब्रेटीहरुमा यौन उत्पिडनको आरोप लागिसकेको छ ।

Logo