पछिल्लो केही समयमा यता बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर र सिबानी दान्डेकरको प्रेम सम्बन्धको बारेमा भारतीय मिडियामा निकै चर्चा भयो । अहिले भने फरहान आफ्नो प्रेम सम्बन्धको बारेमा खुल्न थालेका छन् ।
उनले इन्सटाग्राममा आफ्नो र प्रेमिकाको केही तस्विरहरु सार्वजनिक गरेका छन् जसलाई हेरेर उनीहरुको प्रेम सम्बन्धको बारेमा अड्कलबाजी गर्न सकिन्छ । सार्वजनिक तस्विरमा फरहान र शिबानी स्विमिङ पुलमा रोमान्स गरिरहेको देख्न सकिन्छ ।
फरहानले तस्विर सार्वजनिक गर्दै क्याप्सन लेखेका छन् –‘जबसम्म तिमी मसँग हुन्छ्यौ, म तिमीलाई हराउन दिन्न । तिमी निकै सुन्दर छौ सिबानी । तिमीलाई धेरै धेरै माया ।’ फरहानले यसरी सिबानीलाई आफ्नो माया प्रकट गरेका छन् ।
२०१७ मा फरहान आफ्नो श्रीमती अधूनासँग छुटिएका थिए । त्यसपछि उनको नाम थुप्रै महिलाहरुसँग जोडियो । जसमा अदिति राव हैदरीदेखि श्रदा कपूर पनि हुन् ।
श्रदा कपूरपछि उनी शिबानीसँग प्रेम सम्बन्धमा रहेको कुराहरु सार्वजनिक भएका थिए । सुरुमा यी दुई आफ्नो प्रेम सम्बन्धको बारेमा खुलेर अघि नआए पनि अहिले उनीहरुले आफूहरु प्रेममा रहेको खुलासा गरेका छन् ।





























प्रतिक्रिया