अपाङ्गता भएकाहरुको जिवनको भोगाईलाई समेटेर नवगायिका गंगा छन्त्यालको सांगितिक कोसेली जिउन खोज्यो जिउनै गाह्रो बजारमा आएको छ ।
डि.ए.आर मुभिज एण्ड फिल्मई. प्रा.लिको प्रस्तुति रहेको गीत नवगायिका गंगा छन्त्यालको वास्तविक जीवनमा आधारित आधुनिक हो । गीतमा शब्द तथा संगीत छन्त्यालको आफ्नै रहेको छ भने एरेन्ज भुवन प्रकाश बडुले गरेका हुन् । बिगएच.डि. परिवेष स्टुडियोमा रेर्कडिङ भएको उक्त गीतको म्युजिक भिडियो डि.ए.आर मुभिज एण्ड फिल्म ई. प्रा.लिले निर्माण गरेको हो ।
गीतले बजारमा आएको एक साताभित्रनै निकै नै राम्रो प्रतिक्रिया पाइरहेको छ । उक्त भिडियोमा चर्चित कलाकारहरु रमा थपलिया, उत्तम के.सी, आशा खड्का, जिवन बडु, नारायण दंगाललगाएतको अभिनय रहेको छ ।
म्युजिक भिडियो माक्यामरा अमन बडु, सम्पादन विवेक सुनुवार, कला रोशन झा, व्यवस्थापन डिं.एन. दाहाल र निर्देशन प्रभावनको रहेको छ ।
काठमाडौंको राष्ट्रिय महिला आयोगमा आयोजित विमोचन कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीत विमोचन गर्दै अपाङ्गता भएकाहरुलाई सफल जीवन जिउनका लागि गीत प्रेरणाको स्रोत बताउँदै गायिकाको सांगितिक यात्राको शुभकामना व्यक्त गरे । भिडियो डि.एआर. मुभिजको औपचारीक च्यानलबाट डिजिटल बजारमा आएको छ ।





























प्रतिक्रिया