‘पिरतीको गाँउ’ मा अमृत र करुणाको रोमान्टिक मूड

‘पिरतीको गाँउ’ मा अमृत र करुणाको रोमान्टिक मूड

केन्द्रबिन्दु
0
Shares

फिल्म ‘सय कडा दश’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘पिरतीको गाँउ’ बोलको गीत सार्वजनिक भएको हो ।

स्वप्न सुमन र तिर्सला गुरुङको स्वर रहेको रोमान्टिक गीतमा शब्द रवि मल्लको रहेको छ भने संगीत कल्याण सिंहको रहेको छ । उक्त गीतमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने र सोनिया राई फिचर्ड छन् ।

रामशरण पाठकले निर्देशन गरेको फिल्ममा राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुङ्गाना, करुण श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेल, रवी डंगोल, रश्मि भट्ट, टक राज आर्चाय, मानषी निरौला लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा रज्जु प्रधान, उत्तम खत्री, डिआर उपाध्याय र संजीव नयौपानीको लगानी रहेको छ ।

रज्जु प्रधानको कथालाई निर्देशक पाठकले पटकथा तथा संवाद तयार पारेका छन् । कल्याण सिंह र जुगोल डंगोको संगीत, रामश्वर कार्कीको छायांकन, दिलिप ओखेडाको कोरियोग्राफी, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । फिल्म माघ १८ गतेदेखि देशभर प्रर्दशन हुँदैछ ।

Logo