पैसा लिएर आउनुस गायक बन्न गाह्रो छैन खुमन अधिकारी (भिडियोमा)

पैसा लिएर आउनुस गायक बन्न गाह्रो छैन खुमन अधिकारी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

आठ हजार भन्दा बढी गीतमा स्वर दिएका लोक गायक खुमन अधिकारी यति बेला निकै चर्चामा छन् । अधिकारीले २०६३ सालमा ‘ईश्वर पनि देब्रे परेछन्’ बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका थिए ।

उक्त गीतबाट गायन क्षेत्रमा प्रवेश गरेता पनि ‘मनको देउतैले’ बोलको गीत नै उनको करियरको टर्निङ पोइन्ट बन्न पुग्यो । त्यसपछि उनले नेपाली गायन क्षेत्रमा एकपछि अर्को हिट गीतहरु पस्किदै गए जसलाई दर्शकहरुले निकै रुचाए ।

खुमन भन्छन् ‘अहिले नेपालमा जो पनि गायक बन्न सकने परिस्थिती सृजना भएको छ । जो पैसा बोकेर आँउछन् उनीहरु अहिले गायक हुन्छन् । तर त्यस्तो मान्छे धेरै समय टिक्दैनन् ।

राम्रो कला चाहिन्छ भन्ने र संधर्ष गर्ने मानिस भने धेरै समय टिकिरहन्छन् ।’ अब सुनौं केन्द्रविन्दु टेलिभिजनले खुमन अधिकारीसँग गरेको रमाइलो कुराकानी उनकै शब्दमा ।

Skip This
Skip This
Logo