सन्धिखर्क । लोक गायिका ज्योती मगरले प्रहरीमाथि आक्रोश व्यक्त गरेकी छन् । लामो समय हुँदा समेत निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको भन्दै प्रहरीमाथि आक्रोशित भएकी हुन् ।
प्रहरीले होटलमा बसेका जोडीलाई बिनासित्ती पक्रेको भन्दै ज्योतीले निर्मलाका हत्यारा पक्राउ गर्न सचेत गराईन् । ठूलाबडाले ठूला-ठूला तारे होटलमा मोज मस्ती गर्दा नपक्रने तर सामान्य जोडीलाई पक्रने गरेको भन्दै उनले प्रहरीमाथि व्यंग्य गरेकी हुन्।

‘निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको महिनौ बितिसक्यो । प्रहरी भने होटलमा बसिरहेका जोडीलाई पक्राउ गर्नमै व्यस्त छ । त्यो पनि ठूला ठूला होटलमा होईन की साना तिनामा गएर सामान्य मानिसलाई पक्राउ गर्छ’ उनले भनिन् ।
निर्मलाका हत्यारा पक्रन नसक्ने प्रहरीलाई सहमतिमा बसेका जोडीलाई दुःख दिने अधिकार नभएको उनको तर्क थियो । चौथो अर्घाखाँची महोत्सवमा आफ्नो प्रस्तूति दिने क्रममा ज्योतीले प्रहरीमाथि आक्रोश पोखेकी हुन् ।































प्रतिक्रिया