र्याम्प वाल्क आयोजना गर्दै ह्वाइट फेदर्स ज्वेलरी, मोडल छनौटको लागि अडिसन आह्वान

र्याम्प वाल्क आयोजना गर्दै ह्वाइट फेदर्स ज्वेलरी, मोडल छनौटको लागि अडिसन आह्वान

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले २०२५ फेब्रुअरी १ तारिखको दिन र्याम्प वाल्क आयोजना गर्ने भएको छ । पहिलो संस्करणको ‘ह्वाइट फेदर्स ज्वेलरी रनवे भोल्युम वान’ को अवसरमा ज्वेलरीले र्याम्प वाल्क आयोजना गर्ने भएको हो।

ज्वेलरीले र्याम्प वाल्कमा सहभागी हुन चाहनेहरुको लागि अडिसन खुला गरेको छ। अडिसन भने २०२५ जनवरी ११ तारिखमा ज्वेलरीको न्युरोड स्थित कार्यालयमा बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म हुने छ। अडिसनमा सहभागी हुनको लागि पुरुषको हकमा कम्तिमा ५ फिट ६ इन्च उचाई तथा महिलाको हकमा कम्तिमा ५ फिट २ इन्चको उचाई हुनु पर्ने ज्वेलरीले जनाएको छ।

अडिसनको लागि पुरुषको हकमा ब्ल्याक फिटेड टिशर्ट, फिटेड जिन्स र ब्ल्याक फर्मल सुज र महिलाको हकमा ब्ल्याक फिटेड टिशर्ट र जिन्स, हाई हिल्स र पोनीटेल हेयरस्टाइल हुनु पर्ने ज्वेलरीले उल्लेख गरेको छ । इच्छुकहरु ज्वेलरीको फेसबुक, इन्स्टाग्राम, टिकटक पेज मार्फत सम्पर्क गर्न सक्ने ज्वेलरीले जनाएको छ।

अडिसनमा भाग लिनको लागि ८०० रुपैयाँ शुल्क तोकिएको छ। अडिसनबाट छनौट हुने २७ जनाले २०२५ फेब्रुअरी १ तारिखको दिन हुने ‘ह्वाइट फेदर्स ज्वेलरी रनवे’ को अवसरमा हुने र्याम्प वाल्कमा प्रस्तुति दिन पाउने ज्वेलरीका संस्थापक स्किनर रसाइलीले जानकारी दिए।

उनका अनुसार सो दिन ज्वेलरीको आधिकारिक वेबसाइट सार्वजनिक गरिने, विभिन्न धमाकेदार अफरहरु घोषणा गरिने, र विभिन्न गिफ्ट ह्याम्परहरु समेत प्रदान गरिने छ। उनले सो दिन घोषणा हुने केहि अफरहरु नवीन रहेको र त्यस्ता अफर अहिलेसम्म नेपालमा संचालन नै नभएको दाबी गरे ।

Logo