इशा गुप्ताको बोल्ड तस्बिर, बन्यो भाइरल

इशा गुप्ताको बोल्ड तस्बिर, बन्यो भाइरल


एजेन्सी । बलिउड अभिनेत्री निशा गुप्ता बोल्ड लुक्स र सेक्सी ड्रेसअपका कारण सधै चर्चामा आउने गर्छिन् । उनी फिल्ममा भन्दा सामाजिक सञ्जालमा सक्रिय र चर्चामा छिन् । इन्स्ट्राग्राममा आफ्ना तालतालका फोटा पोस्ट गर्ने गरेकी उनी अहिले ट्रोल समेत बनेकी छिन् ।

इशाले हालै केही टपलेस फोटा पोस्ट गरेकी थिइन्, जुन फोटा अहिले भाइरल भइरहेका छन् । इशाको ती तस्बिरप्रति कतिपय प्रयोगकर्ताले नराम्रो टिप्पणी समेत गरेका छन् ।

एकजनाको कमेन्टमा भनेका छन्, ‘शरम मान । बच्चा पनि इन्स्ट्राग्राममा हुन्छन् । तिमी हलिउडमा छैनौ । अलिकति दिमाग लगाऊ ।’ यति मात्र होइन, अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘तिम्रो परिवारले यो सबै देखेर के भन्छन् होलान् !’

इशाले फोटोग्राफर राहुल झंगियानीले खिचेको तस्बिर पोस्ट गरेकी थिइन् । इशाले गाली प्रति कुनै प्रतिक्रिया दिएकी छैनन् ।

Logo