वेबसिरिज ‘चुरीफुरी डटकम’ को छायांकन सुरु

वेबसिरिज ‘चुरीफुरी डटकम’ को छायांकन सुरु

केन्द्रबिन्दु
0
Shares

चर्चित कलाकार निर्मल शर्मा निर्देशित वेबसिरिज ‘चुरीफुरी डटकम’ को छायांकन सुरु भएको छ । आर्यन फिल्मस् प्रोडक्सन तथा अमेरिकाको बोधी इन्टरटेन्मेन्ट एलएलसीको संयुक्त प्रस्तुती रहेको सिरिजमा गजीत बिष्ट, रजनी केसी, केशब भट्टराई, कमल मैनाली, मुकुन्द मैनाली (कबी ज्यू) रबी शर्मा (घाटो), सुनिता श्रेष्ठ, स्वनीका बास्तोला, रितु अस्मिता खनाल, रामेश्वर केसी, सुभाष गजुरेल शिवहरि आचार्य, प्रमोद पौडेल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

उक्त सिरिजमा राजु केसीको छायांकन, शान्तीप्रीयको शब्द, शम्भुजीत बास्कोटाको संगीत, सुदिप सागरको अरेन्ज, बिपिन मल्ल र गौतम खड्काले संयुक्त सम्पादन गरेका छन् ।

सिरिजलाई निर्मल शर्मा र कमलले संयुक्त निर्देशन गरेका हुन् । साथै वेबसिरिज ‘चुरीफुरी डटकम’ प्रदर्शन मिति छिट्टै सार्वजनिक गरिने निर्देशक निर्मल शर्माले बताएका छन् ।

 

Skip This
Skip This
Logo