मेक्सिकोकी सुन्दरी भेनेसा डिसियानलार्इ मिस वर्ल्डको उपाधि

मेक्सिकोकी सुन्दरी भेनेसा डिसियानलार्इ मिस वर्ल्डको उपाधि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । २०१८ को मिस वर्ल्डको ताज मेक्सिकोकी सुन्दरी भेनेसा डिसियानले पहिरेकी छन्। प्रतिस्पर्धी ११८ देशका सुन्दरीहरुलाई पछि पार्दै २६ वर्षीय भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन्।

उनलाई गत वर्षकी भारतकी विश्व सुन्दरी मानुषी छिल्लरले ताज पहिर्‍याएकी हुन्। मिस इन्टरनेसनलको उपाधि भने मिस थाइल्याण्ड निकोनेले निस्नुकान जितेकी छन्।

मिस नेपाल श्रृंखला खतिवडा यो वर्षको मिस वर्ल्ड २०१८ को टप १२ मा पुग्न सफल भएकी छन् । चीनको सान्या सहरमा शनिबार सम्पन्न ६८ औं मिस वर्ल्ड प्रतियोगितामा २३ वर्षीय खतिवडाले ११८ देशका सुन्दरीलाई पछि पार्दै १२ औं स्थान ओगटेकी हुन्।

एसियाबाट छानिएका दश देशमध्य नेपाल, थाइल्याण्ड र न्युजिलेण्डमात्र टप १२ मा जान सफल भए । टप १२ मा परेसँगै श्रृंखलाले नेपालले गरेको सपोर्टप्रति धन्यवाद दिएकी छन् ।

टप ५ का लागि पाँच महादेशमा केरेमियनबाट जमैका, अमेरिकाबाट मेक्सिको, अफ्रिकाबाट युगान्डा, र एसियाबाट थाइल्याण्ड सफल भएका थिए। मिस नेपाल श्रृंखला पहिलो चरणमा प्रतियोगीबाट ३० मध्ये १२ पुगेकी थिइन् । दोस्रो चरणमा १२ मध्ये पाँच छानिएकी हुन् ।

चीनको सान्यामा भएको ‘मिस वर्ल्ड’ प्रतियोगितामा शृंखला खतिवडाले दुई विधागत अवार्ड जितेकी छिन्। सोमबार साँझ भएको घोषणामा शृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी हुन्।

मिस वल्र्डको टप ३० मा पर्नका लागि महत्वपूर्ण मानिने फास्ट ट्रयाक इभेन्टअन्तर्गत उनले सातमध्ये दुई अवार्ड जितेकी हुन्। आइतबार घोषणा भएको ‘हेड टू हेड च्यालेन्ज’मा भने शृंखला दोस्रो चरणमा सिंगापुरे सुन्दरीबाट पराजित भएकी थिइन्।

श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन्

Skip This
Skip This
Logo