प्रसिद्ध हलिउड अभिनेता मोर्गान फ्रिम्यान दौरा सुरुवालमा

प्रसिद्ध हलिउड अभिनेता मोर्गान फ्रिम्यान दौरा सुरुवालमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । हलिउडका प्रसिद्ध अभिनेता मोगार्न फ्रिम्यान यतिखेर नेपाल भ्रमणमा छन् । उनी नेशनल ज्योग्राफिक च्यानलको टीभी सिरिज ‘स्टोरी अफ गड’ को सुटिङका लागि नेपाल आएका हुन् ।

उनले दौरा सुरुवाल टोपी लगाएर काठमाडौंका साँस्कृतिक सम्पदाको भ्रमण गरेको तस्बिर काठमाडौस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको छ । उक्त टीभी श्रृंखला काठमाडौंको कमलपोखरीस्थित जैन मन्दिरलगायतका विभिन्न स्थानका मन्दिरहरुमा सुटिङ गरिएको थियो ।

दुतावासले सामाजिक सञ्जालमा मोगार्नको तस्बिर हाल्दै यस्तो लेखेको छ, ‘हाम्रा सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी परियोजनाहरूको क्रममा हामीलाई सधैंं सोधिनेमध्ये एक प्रश्न हो । सम्पदा संरक्षण किन महत्वपूर्ण छ ? धेरैमध्ये एक उत्तर यो हो कि भविष्यका आउने पुस्ताहरू सँगै हलिउडका महान कलाकार मोर्गन फ्रीम्यान जस्ता कयौं पर्यटकहरूका लागि तीनलाई जोगाउन। वहाँलाई नेपाली दौरा सुरुवाल लगाएर काठमाडौंका सांस्कृतिक स्थलहरूमा घुम्दा गजब सुहाएको छ, छैन त ?’

Skip This
Skip This
Logo