भक्तपुर । शिक्षक सेवा आयोगले सोमबारबाट अस्थायी शिक्षक परीक्षाको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । पहिलो चरणमा निमावि तह अन्तर्गत सबै क्षेत्रको गणित र विज्ञान तथा पूर्वाञ्चल र मध्यमाञ्चलको गणितको नतिजा सार्वजनिक गरिएको थियो । "/>

अस्थायी शिक्षकको धेरै विषयको नतिजा निल (विस्तृत विवरणसहित)

अस्थायी शिक्षकको धेरै विषयको नतिजा निल (विस्तृत विवरणसहित)


भक्तपुर । शिक्षक सेवा आयोगले सोमबारबाट अस्थायी शिक्षक परीक्षाको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । पहिलो चरणमा निमावि तह अन्तर्गत सबै क्षेत्रको गणित र विज्ञान तथा पूर्वाञ्चल र मध्यमाञ्चलको गणितको नतिजा सार्वजनिक गरिएको थियो ।

कतिपय विषयको नतिजा भने शुन्य देखिएको छ । विज्ञापन भएको पदमा आवश्यकता अनुसार परीक्षामै सहभागी नभएको र भए पनि अन्र्तवार्ताका लागि छनौट हुन नसकेको नतिजा सार्वजनिक भएको हो ।

निमावी गणित विज्ञानः
निमावि गणित विज्ञान विषय अन्र्तगत पश्चिमाञ्चलको विज्ञापन नम्बर २०१ मा १ जना पनि अन्र्तवार्ताका लागि छनौट हुन सकेनन् । २ पदका लागि खुलेको आयोगमा परीक्षामा १ जना सहभागी भएपनि छनौट हुन नसकेका हुन् ।

यस्तै मध्यपश्चिमाञ्चलमा सोही विज्ञापनमा एउटा पदका लागि भएको विज्ञापनमा परीक्षामा सहभागी १ जना भएपनि उत्तीर्ण हुन सकेनन् । सोही विषयको सुदुर पश्चिमाञ्चलका लागि भएको २ पदका लागि खुलेको आयोगमा १ जना सहभागी भए पनि अन्र्तवार्ताका लागि छनौट हुन सकेनन् ।

त्यस्तै मध्यमाञ्चलको निमावि गणित अन्र्तगत विज्ञापन नम्बर २०२ मा ८१ पद संख्या माग भएकोमा परीक्षामा ५१ जना सहभागी भएका र उत्तीर्ण परीक्षार्थीको संख्या ३८ जना मात्रै रहेको छ ।

यस्तै सोही विषय र क्षेत्र अन्र्तगत विज्ञापन नम्बर ३०३ मा माग पद संख्या ६६ रहेकोमा परीक्षामा १ सय १४ जना सम्मिलित भएका थिए भने उत्तीर्ण परीक्षार्थीको संख्या ८० मात्रै रहेको छ । यस्तै विज्ञापन नम्बर २०१ मा माग पद संख्या ५ भएकोमा परीक्षामा एक जना मात्रै सहभागी भएका थिए तीनै उत्तीर्ण भएका छन् ।

यस्तै पूर्वाञ्चलमा निम्न माध्यमिक गणित अन्र्तगत विज्ञापन नम्बर २०२ मा माग पद संख्या ६७ भएकोमा परीक्षामा ४८ जना मात्रै सहभागी थिए भने उत्तीर्णको संख्या ३२ मात्रै छ ।

यस्तै सोही विषय र क्षेत्र अन्र्तगत विज्ञापन नम्बर ३०३ मा ३७ माग पद भएकोमा परीक्षामा सहभागी ७५ जना र उत्तीर्णको संख्या ४६ रहेको छ । विज्ञापन नम्बर २०१ मा ८ पद माग भएकोमा एक जना सहभागी उत्तीर्ण भएका छन् ।

निमावि गणित विज्ञान विषय अन्र्तगत विज्ञापन नम्बर २०२ मा ३१ पदका लागि भएको विज्ञापनमा १० जना मात्रै परीक्षामा सामेल भएका र ती मध्ये १ जना मात्रै उत्तीर्ण भएका छन् । सोही क्षेत्रको विज्ञापन नम्बर २०३ मा माग पद संख्या १८ रहेकोमा परीक्षामा २१ जना सहभागी भएको र तीन जनाले मात्रै पास गरेका छन् ।

मध्यमाञ्चलकै विज्ञापन नम्बर २०२ मा ३० जनाका लागि आयोग खुलेकोमा परीक्षाम ११ जना सहभागी र २ जना मात्रै उत्तिर्ण भएका छन् । सोही विषयमा मध्यमाञ्चलकै विज्ञापन नम्बर २०३ मा १६ जना आवश्यक भएकोमा ११ जना परीक्षाम सहभागी भएका र ६ जना मात्रै पास भएका छन् ।

पश्चिमाञ्चलको विज्ञापन नम्बर २०२ मा ११ जना चाहिएकोमा परीक्षाम ३ जना सहभागी भएको र२ जना मात्रै उत्तिर्ण भएका छन् । विज्ञापन नम्बर २०३ मा भने ९ जना चाहिएकोमा २२ जना परीक्षामा सहभागी भएको र १२ जना उत्तीर्ण भएका छन् । 

मध्यपश्चिमाञ्चलमा विज्ञापन नम्बर २०२ मा २६ जनाको आयोग खुले पनि परीक्षामा ६ जना र अन्तर्वार्ताका लागि ४ जना मात्रै छनौट भएका छन् । यस्तै विज्ञापन नम्बर २०३ मा ७ पदका लागि १० जनाले परीक्षा दिए पनि अन्र्तवार्ताका लागि ४ जना मात्रै उत्तीर्ण भएका छन् ।

सुदुर पश्चिमाञ्चलका लागि भएको विज्ञापन नम्बर २०२ का लागि भएको सोही क्षेत्रको परीक्षाका लागि १५ पदमा परीक्षामा १२ जना सहभागी भएकोमा ६ जना मात्रै अन्र्तवार्ताका लागि छनौट भएका छन् ।

सोही क्षेत्रको सोही विषका लागि भएको विज्ञापन नम्बर २०३ का लागि भएको परीक्षामा ८ पदका लागि २० जना लिखित परीक्षााम सहभागी भएका र ८ जना अन्र्तवार्ताका लागि छनौट भएका आयोगले जनाएको छ ।

गोल्डेन ह्याण्डसेक लिनेको संख्या बढ्नेः
आवश्यकता भन्दा कम शिक्षक अन्र्तवार्ताका लागि छनौट भएपछि गोल्डेन ह्याण्डसेक लिनेको संख्या बढ्ने सम्भावना बढेको छ । सबै विषय र सबै क्षेत्रको नतिजा नआईसकेपनि अहिले सार्वजनिक भएको नतिजाबाट पनि गोल्डेन ह्याण्डसेक लिनेको संख्या बढ्ने संकेत देखिएको हो । परीक्षाम अनुत्तीर्ण यस्ता अस्थायी शिक्षकलाई उपलब्ध गराउने रकमको शिक्षा मन्त्रालयले अहिले सम्म ब्यवस्थापन गरेको छैन ।

कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको तिनै तहमा गरी २३ हजार २ सय ८६ आवेदन परेको थियो । तर परीक्षामा २२ हजार २ सय ३५ जना सहभागी भएका थिए ।

जसमा प्राविका लागि आवश्यक १६ हजार ५ सय ३२ पदका लागि १५ हजार ६ सय ९० जना मात्रै परीक्षामा सहभागी भएका थिए । निमाविका लागि आवश्यक ३ हजार २ सय ३४ पदका लागि ३ हजार ५ सय ७५ जनाले प्रतिस्पर्धा गरेका थिए । यस्तै २ हजार ३ सय १० पद रहेको मावि तहमा २ हजार ९ सय ७० जनाले प्रतिस्पर्धा गरेका थिए ।

अस्थायी शिक्षकको नतिजा प्रकाशन (नतिजासहित)

Logo