६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा बसन्त

६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा बसन्त

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । गृह मन्त्रालयले ६ एसएसपीको सरुवा गरेको छ। शुक्रबार गृह मन्त्रालयले ६ एसएसपीको सरुवा गरेको हो।

काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ। विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिइएको छ।

उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्‍मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन्।

प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा पठाइएको छ।

कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ।

Logo